Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

महोत्तरीमा तीन संक्रमितको मृत्यु, जिल्लाको अवस्था भयावह

महोत्तरीमा तीन संक्रमितको मृत्यु, जिल्लाको अवस्था भयावह

  • 500
    SHARES
  • महोत्तरीमा तीन संक्रमितको मृत्यु, जिल्लाको अवस्था भयावह

    महोत्तरी  । महोत्तरीको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीनजनाको मृत्यु भएको छ ।  एकैसाथ आज बिहानै तीनजनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । 

    कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन् । उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका-४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका-७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका-५ का ५५ वर्षीय पुरुष गरी तीनजनाको मृत्यु भएको हो । 

    तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । 

    आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय संक्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।

    त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij