Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कालीकोटमा जीप दुर्घटना तीनको मृत्यु, सात घाइते

कालीकोटमा जीप दुर्घटना तीनको मृत्यु, सात घाइते

  • 400
    SHARES
  • कालीकोटमा जीप दुर्घटना तीनको मृत्यु, सात घाइते

    कालीकोट । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा-५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।

    मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

    दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए।

    उनका अनुसार जीपमा १० जना सवार थिए । प्रहरी प्रमुखले भने, ‘एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।’

    घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij