Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पहाडी क्षेत्रको मौसममा बदलीको सम्भावना

पहाडी क्षेत्रको मौसममा बदलीको सम्भावना

  • 266
    SHARES
  • पहाडी क्षेत्रको मौसममा बदलीको सम्भावना

    काठमाडौं । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij