वेबटिभी खबर
काठमाडौं । एक सातादेखि इजरायल र प्यालेस्टाइनबीच जारी युद्धकाबीच विद्रोही संगठन हमाससहित अन्य प्यालेस्टिनी संगठनले इजरायलतर्फ लक्षित गरी १५ सय बढी रकेट प्रहार गरेको सेनाले दाबी गरेको छ ।
तर प्यालेस्टाइनतर्फबाट प्रहार गरेको रकेट इजरायलको सुरक्षा सिल्डका कारण जमिनमा खस्नभन्दा पहिले नै आकाशमा नष्ट भएका छन् । यी सुरक्षा सिल्डलाई आइरन डोम एन्टी मिसाइल डिफेन्स सिस्टम भनिन्छ ।
इजरायली अधिकारीका अनुसार यो प्रविधिले करिब ९० प्रतिशत रकेट नष्ट गर्न सहयोग गरेको छ । आइरन डोम इजरायलले लाखौं डलर खर्च गरेर बनाएको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो । यस प्रणालीले क्षेप्यास्त्र मानवबस्ती भएको क्षेत्रमा खस्छ वा खस्दैन भनेर आँफै पत्ता लगाउँछ र धेरै क्षति पुर्याउने स्थितिका क्षेप्यास्त्रलाई आकाशमा नै नष्ट गरिदिन्छ ।
RAW FOOTAGE: This is the moment the Iron Dome intercepted a barrage of rockets over Tel Aviv and central Israel. pic.twitter.com/8jl8OTgWCl
— Israel Defense Forces (@IDF) May 11, 2021
टाइम्स अफ इजरायलका अनुसार प्रत्येक इन्टरसेप्टरको मूल्य करिब १ लाख ५० हजार डलर पर्छ । सन् २००६ मा इस्लामी समूह हिजबुल्लाहसँग भएको युद्धपछि इजरायलले आइरन डोम बनाउन सुरु गरेको हो । त्यस समयमा युद्ध हुँदा इजरायलमा हिजबुल्लाहले प्रहार गरेको क्षेप्यास्त्र लागेर दर्जनौं नागरिकको मृत्यु भएको थियो ।
यस घटनापछि इजरायलको सरकारी कम्पनी राफल डिफेन्सले देशको सुरक्षाका लागि मिसाइल सिल्ड बनाउने बताएपछि अमेरिकाले २० करोड डलर सहयोग गरेको थियो । सन् २०११ मा पहिलोपटक दक्षिण सहर बिरसेबाबाट हानिएको क्षेप्यास्त्र नष्ट गरेर सफल परीक्षण भएको थियो ।
इजरायलमा हाल भइरहेको द्वन्द्वमा दुई बालबालिकासहित १० जना इजरायलतर्फ मारिएका छन्, भने प्यालेस्टिनीतर्फ ५८ बालबालिकासहित दर्जनौं मानिसले ज्यान गुमाएका छन् ।
आइरन डोम नभएको भए इजरायलले धेरै मानवीय क्षति व्यहोर्नु पर्ने अवस्था थियो । अहिले अवस्था त्यस्ताे छैन, यो प्रणाली पूर्णरुपमा मिसाइल प्रुफ छ ।
अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विज्ञ जोनथन मार्कसका अनुसार यसभन्दा पहिला भएको इजरायल गाजा युद्धमा आइरन डोमको पछाडिको एउटा ब्याट्री बिग्रिएको थियो । केही विज्ञहरु प्रविधिले हाल गाजाबाट आएको रकेटलाई नष्ट गर्दछ भन्ने विश्वास गर्दछ तर भविष्यमा अरु कुनै क्षेप्यास्त्रमा आइरन डोम प्रभावकारी नहुन सक्ने सम्भावना रहेको छ ।
तेल अभिभ विश्वविद्यालयका राजनीतिक वैज्ञानिक डा. योआव फ्रोमर इजरायल केवल यस प्रविधिमा मात्र भर पर्न नहुने र दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताउँछन् । आइरन डोम सफल भए पनि विदेश नीतिमा असफल हुँदा इजरायलमा हिंसा बढेको फ्रोमर बताउँछन् ।
इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु
इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij