Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित]

इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित]

  • 1.1K
    SHARES
  • इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित]

    तेल अभिभ । अमेरिकी समाचार एजेन्सी द एसोसिएटेड प्रेस (एपी) र कतारको समाचार च्यानल अलजजिराले शनिबार इजरायली हवाई आक्रमणबाट आफ्नो कार्यालय ध्वस्त भएपछि कडा शब्दमा निन्दा गरेका छन् ।

    एपीले इजरायलको आक्रमण भयावह र अनपेक्षित भएको प्रतिक्रिया दिएको छ । अलजजिराले भने इजरायलले गाजा क्षेत्रमा समाचार संकलन गर्न संवाददाताहरूलाई रोक लगाएको बताएको छ । 

    शनिबार इजरायली हवाई हमलामा गाजामा उक्त दुवै मिडियाको कार्यालय रहेको भवन ध्वस्त भएको छ । समाचार एजेन्सी एपीले भनेको छ, 'इजरायली सेनालाई धेरैपटक आक्रमण रोक्न अनुरोध गरे पनि उनीहरूले ध्यान दिएनन् ।'

    एपीले आफ्नो विज्ञप्तिमा भनेकाे छ, 'हामीले इजरायली सरकारलाई कार्यालय रहेको भवन हमासको भएको प्रमाण दिन अनुरोध गरेका थियौं तर उनीहरूले दिएनन । एपीको ब्यूरो १५ वर्षदेखि त्यही भवनमा थियो । यस भवनमा हमासको उपस्थिति रहेको हामीले आजसम्म कुनै पनि संकेत फेला पार्न सकेनौं । धेरै डरलाग्दो अवस्था हो । गाजामा जे भइरहेको छ, अब विश्वलाई थोरै मात्र थाहा हुनेछ, हाम्रो कार्यालयहरू भत्काइयो ।'  

    भिडियाेः अल जजिरा

    'शनिबार इजरायलले सूचना दिँदा गाजा ब्युरोमा १२ जना एपीका पत्रकार काम गरिरहेका थिए । इजरायली सेनाले भवन खाली गर्न एक घण्टाको समय दिएको थियो । भाग्यवश, सबै पत्रकारका आफ्ना आवश्यक सामाग्री लिएर भवनबाट छिटै बाहिर निस्किन सफल भए । त्यसको केही बेरमा इजरायलले तीन वटा क्षेप्यास्त्र १२ तलाको भवनमा प्रहार गर्यो, हेर्दाहेर्दै भवन धुँवामा परिणत भयो', एपीले आफ्नो रिपोर्टमा लेखेको छ । 

    द फरेन प्रेस एसोसिएसन, कमिटी टू प्रोटेक्ट जर्नालिस्ट र द इन्टरनेसनल प्रेस इन्सिच्युटसहित प्रेस स्वतन्त्रताको पक्षमा रहेका अन्तर्राष्ट्रिय संस्थाहरूले इजरायलले गरेको आक्रमणको भर्त्सना गरेका छन् ।

    इजरायली सेनाले आफ्नो युद्ध बारे विश्व समुदायलाई जानकारी नहोस् भनेर त्यहाँ काम गरिरहेका पत्रकार र समाचार संस्थालाई निशाना बनाएको ती संस्थाहरूले आरोप लगाएका छन् । 

    आक्रमणपछि इजरायली सेनाले उक्त भवनको एउटा तलामा प्यालेस्टाइनको विद्रोही संगठन हमासको सैन्य खुफिया समूहको घर रहेको दाबी गरेको छ । समाचार च्यानल अलजजिराको रिपोर्टअनुसार 'अल जला' नामको यस भवनमा धेरै कार्यालय र आवासीय अपार्टमेन्ट थिए, इजरायली सेनाले यसलाई खाली गर्न एक घण्टाको समय मात्र दिएको थियो ।

    अल जजिरा मिडिया नेटवर्कका कार्यवाहक महानिर्देशक डा.मुस्तफा सुआगले भने, 'मिडियालाई लक्षित गरी गरिएको यो बर्बर हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्नुपर्छ । हामी यस आक्रमणमा इजरायलविरुद्ध कारबाही होस् भन्ने चाहन्छौं । इजरायलले मिडियालाई मौन गराउन चाहन्छ । मिडियाले गाजाका जनताको पीडामाथि नबोलोस् भन्ने चाहन्छ ।'

    उनले भने, ''अल जला' भवनमा भएको हमला मानवअधिकारको उल्लंघन हो । यो घोर अपराध हो । इजरायली सेनालाई यो भवन अलजजिराले मात्र नभई अन्य थुप्रै अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूलाई वर्षौंदेखि स्थानीय मुख्यालयका रूपमा प्रयोग गरेको थाहा थियो । सबै थाहा भएर पनि सेनाले यस भवनलाई निशाना बनायो । पत्रकारिता कुनै अपराध होइन, जसका लागि इजरायलले यस्तो सजाय दिन खोज्यो ।' 

    'अल जला' भवनको सबैभन्दा माथिल्ला तलामा १५ वर्षदेखि एपीको कार्यालय इजरायल र प्यालेस्टाइनको विवाद लेख्ने केन्द्रबिन्दु थियो । सन् २००९, २०१२, २०१४ मा भएको युद्धको बेलामा पनि एपीले यही भवनबाट काम गरिरहेको थियो । शनिबारको आक्रमणपछि अमेरिकाले पनि पत्रकारको सुरक्षा सुनिश्चित गर्न इजरायललाई भनेको छ । 

    गाजा क्षेत्रमा इजरायली हवाई आक्रमण जारी, थप १० जना प्यालेस्टिनीको मृत्यु गाजा क्षेत्रमा इजरायली हवाई आक्रमण जारी, थप १० जना प्यालेस्टिनीको मृत्यु इजरायल-हमास युद्धमा २७ बालबालिकासहित १०३ जनाको मृत्यु, सयौं घाइते इजरायल-हमास युद्धमा २७ बालबालिकासहित १०३ जनाको मृत्यु, सयौं घाइते इजरायल र गाजाबीच भइरहेको हिंसाले युद्ध निम्त्याउन सक्ने खतरा इजरायल र गाजाबीच भइरहेको हिंसाले युद्ध निम्त्याउन सक्ने खतरा इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल  इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल  इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे,  बालबालिकासहित २० को मृत्यु इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे, बालबालिकासहित २० को मृत्यु

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij