Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डोटीका भूकम्प पिडितलाई राहात सामाग्री वितरण

डोटीका भूकम्प पिडितलाई राहात सामाग्री वितरण

  • 286
    SHARES
  • डोटीका भूकम्प पिडितलाई राहात सामाग्री वितरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग र कैलाली उद्योग बाणिज्य संघ तथा डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहात सामाग्री वितरण गरिएको छ ।

    यही कार्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु, ८ जना घाइते र २८ घरपरिवार विस्थापित भएका थिए ।

    जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाखभन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको एनआरएनएले जनाएको छ ।

    उक्त ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघ सँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij