वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको विनिमय दर अनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ । मंगलबारको तुलनामा विदेशी मुद्राहरुको खरिद बिक्रीमा सामान्य फेरबदल भएको छ ।
युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ यस्तै सिङ्गापुरे डलरको खरिद दर ९४ रुपैयाँ ६८ पैसा र बिक्री दर ९५ रुपैयाँ १२ पैसा रहेको छ ।
जापानी येनमा १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैइाँ ५७ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा र बिक्री दर २८ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij