वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं ५ ले आज आयोजना गरेको ‘बृहत् आमसभा’ लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले सम्बाधेन गर्नुपर्ने बताएका हुन् ।
‘संविधान निर्माणपछि युवामा धेरै आकांंक्षा थियो, त्यो आकांक्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ’, उनले भने ।
पूर्व प्रधानमन्त्री डा.भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनु पर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij