Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मतदान गर्न बुबासँगै गोरखा लागे बाबुराम 

मतदान गर्न बुबासँगै गोरखा लागे बाबुराम 

  • 342
    SHARES
  • मतदान गर्न बुबासँगै गोरखा लागे बाबुराम 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई र उनका पिता भोजप्रसाद भट्टराई मतदानका लागि गृहजिल्ला गोरखातर्फ लागेका छन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल मार्फत् गोरखातर्फ लागेको जानकारी गराएका छन् ।

    डा.भट्टराईले गोरखा–२ को पालुङटार नगरपालिका वडा नं. १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नेछन् ।

    डा.भट्टराईले आफू ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईका साथ गोरखातर्फ लागेको जनाए ।

    अध्यक्ष डा.भट्टराईले लोकतन्त्रको महाकुम्भ अर्थात् निर्वाचनमा उत्साहपूर्ण ढंगले सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij