वेबटिभी खबर
काठमाडौं । एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रूपमा लिएको बताएकी छिन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै यसलाई सहज रूपमा लिएको जनाएकी हुन् ।
उनले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी रहने बताएकी छिन् ।
निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् ।
उनले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छिन् । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धीको यात्रामा म सधैँ साथ रहने प्रतिवद्धता जनाएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij