वेबटिभी खबर
गाजा पट्टी । इजरायल र प्यालेस्टाइनको संगठन हमासबीच द्वन्द्व सुरु भएको १० दिन पुग्दा गाजा क्षेत्र बढी प्रभावित भएको छ । युद्धबाट दुवै पक्षले नकारात्मक परिणाम भोग्नु परे पनि हमासको कब्जामा रहेको गाजा पट्टी क्षेत्रमा अवस्था झनै नाजुक बन्दै गएको छ । गाजाको जनसंख्या २१ लाख छ । जसमध्ये ११ लाख मानिस पिउने पानी, शौचालय र बिजुलीजस्ता आधारभूत सुविधाबाट बञ्चित भएका छन् ।
मानवीय क्षतिलाई हेर्दा पनि लगातार १० दिनसम्म भएको बम विस्फोटबाट प्यालेस्टाइनतर्फ ११० जनाको मृत्यु भएको छ भने इजरायलतर्फ एक सैनिकसहित १२ जना मारिएका छन् ।
गाजा सहरमा ७ वर्ष अगाडि संयुक्त राष्ट्र संघको सहयोगमा पिउने पानी, ढल निकास र बिजुलीको उचित वितरण गर्ने गरी पूर्वाधार तयार पारी व्यवस्थित गरिएको थियो तर केही दिनमै त्यहाँको सबै संरचना, प्रणाली नष्ट भयो । एक लाख ५० हजार मानिसले पानी पिउँदै आएको एक वाटर फिल्टर प्लान्ट पनि इजरायली बमले ध्वस्त भएको छ । सहरका धेरै क्षेत्रमा पाइपलाइनबाट घरमा पानी पुर्याइन्थ्यो । अहिले सबै पाइपहरु नष्ट भएपछि आधा जनसंख्या पिउने पानीको अभाव झेलेका छन् ।
त्यस्तै, भनायक गर्मी रहेको गाजामा विद्युत प्रसारण लाइन पनि क्षतिग्रस्त हुँदा अवस्था अस्तव्यस्त छ । करिब १२ लाख जनसंख्या बिजुली प्रयोग गर्नबाट बञ्चित हुन पुगेका छन् । विद्यालयको हालत पनि त्यस्तै छ । स्कुलका भवनहरु ध्वस्त हुँदा ६ लाख बालबालिकाको पढाई अनिश्चित बनेको छ । त्यहाँका ४० हजार मानिसलाई शरणार्थी शिविरमा राखिएको छ ।
गाजा सहरमा कोरोना परीक्षण गर्ने एक मात्र प्रयोगशाला पनि बमले नष्ट गरिदियो । यतिवेला लेबनान र गाजामा कोरोना संक्रमण तीव्र फैलिरहेको अवस्था छ । बमबाट जोगिएका केही अस्पतालहरु छन् तर त्यहाँ औषधि उपकरणको अभावले उपचार सम्भव छैन । अक्सिजन प्लान्टले मुश्किकले काम गरिरहेका छन्, बम बर्सिरहँदा बाहिरबाट जाने औषधि त्यहाँ पुग्न असमर्थ छन् । छ वटा अस्पताल र सात वटा क्लिनिकका अहिले भग्नावशेषमात्र देख्न सकिन्छ । युद्धकै कारण अहिलेसम्म गाजाका ५८ हजार नागरिक विस्थापित भएका छन् ।
अन्तर्राष्ट्रिय सहायता बोकेर गाजा जाँदै गरेको ट्रक इजरायलले सीमा पार गर्न नदिई रोकेर राख्दिएको छ ।
युद्ध जारी नै रह्यो भने त्यहाँको अवस्था झन् विग्रिदै जाने देखिएको छ । विश्व समुदायले इजरायलसँग युद्ध रोक्न अनुरोध गरे पनि आतंकवादी संगठन हमासलाई पूर्ण रुपमा नष्ट नगरेसम्म विराम नगर्ने इजरायली सेनाले बताउँदै आएको छ । अर्कोतर्फ, इजरायलले मानव बस्ती, आवासीय भवनहरुलाई निशाना बनाएको भन्दै हमासले पनि इजरायलमाथि रकेट प्रहार गरिरहेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट
इजरायलमा युद्धविराम रोक्न बाइडेनको अपील, युएनमा अमेरिकाको अवरोध कायमै
गाजा पट्टीमा इजरायलको हवाई हमला जारी
इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij