Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट : पूर्व प्रधानमन्त्री डा.भट्टराई

शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट : पूर्व प्रधानमन्त्री डा.भट्टराई

  • 690
    SHARES
  • शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट :  पूर्व प्रधानमन्त्री  डा.भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको बताएका छन् ।

    ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी रहँदा र पुनः गठबन्धनबाटै सरकार बन्ने हुँदा अध्यक्ष डा.भट्टराईले त्यसतर्फ संकेत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता झन् देखिएको आइतबार साँझ ट्वीटमा संकेत गरेका हुन् ।

    उनले भूराजनीतिको व्यवस्थापन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास, समतामूलक समृद्धिको बाटो, सुशासन निम्ति संस्थागत सुधारजस्ता विषयमा बृहत् सहमति गरेर कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

    ‘शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको स्थितिमा यी मूल विषयमा बृहत् सहमति गरेर कार्यान्वयनमा प्रतिस्पर्धा गर्ने किः १.भूराजनीतिको व्यवस्थापन; २.संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास; ३.समतामूलक समृद्धिको बाटो; ४.सुशासननिम्ति संस्थागत सुधार ।’ अध्यक्ष डा.भट्टराईले ट्वीटमा भनेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij