वेबटिभी खबर
काठमाडौं । फ्रान्सका फुटबल सुपरस्टार पल पोग्बा र उनका म्यानचेस्टर युनाइटेड टोलीका साथी आमद डायालोले इंग्लिस फुटबल टिमहरुको यस सिजनको अन्तिम खेलमा मंगलबार रंगशालामा प्यालेस्टाइनको झण्डा उचालेर समर्थन जनाएका छन् ।
खेलाडीहरुले सार्वजनिक रुपमै प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरे तर इजरायल गाजामाथि आक्रमण गर्न भने रोकिएको छैन् । मे १० बाट हिंसा सुरू भएयता कम्तीमा ६३ बालबालिकासहित दुई सय २२ प्यालेस्टिनी मारिएका छन्, १४ सयभन्दा बढी घाइते भएका छन् । गाजातर्फबाट प्रहार गरेको रकेटले इजरायलका दुई बालबालिकासहित १२ जना मारिएका छन् भने तीन सय जना जरायली घाइते भएका छन् ।
वल्ड ट्राफर्डमा फुल्हमसँग युनाइटेडले १-१ को बराबरी खेलेपछि प्रशंसकले पोग्बालाई झण्डा प्रदान गरेका थिए । फ्रान्सेली विश्वकप विजेता र आइभोरियन विंगर आमद डायालोले १० हजार प्रशंसकसहित प्यालेस्टाइनको झण्डा फरफराए ।
Massive respect to Hamza Choudhury 🏴 and Wesley Fofana 🇫🇷 showing their support for Palestine at full-time.
— Roro O'Monstro.™ (@Roromeo_MUFC10) May 15, 2021
CLASS ABOVE THE REST!👍#SavePalestine #GazzaUnderAttack pic.twitter.com/sQV7eIjDlI
पोग्बाले खेलपछि इन्स्टाग्राममा प्यालेस्टाइनको झण्डासहितको फोटो सेयर गर्दै 'प्रे फर प्यालेस्टाइन, हाम्रो विश्वलाई हिंसाबाट सुरक्षित राखौं' लेखेका छन् । इजरायल र गाजामा भएको वर्षौंपछिको सबैभन्दा भयावह हिंसामा प्यालेस्टाइनको समर्थन गर्दै लन्डन, बर्लिन, म्याड्रिड र पेरिसलगायत प्रमुख यूरोपेली सहरहरूमा शनिबार हजारौं प्रदर्शनकारीहरूले जुलुस निकालेका थिए ।
शनिबारको एफए कप फाइनलमा चेल्सीविरूद्ध १-० ले जितेको पछि लिसेस्टर खेलाडी हमजा चौधरी र वेस्ले फोफानाले पनि प्यालेस्टाइनको समर्थन जनाएका छन् । अन्य प्रसिद्ध फुटबल खेलाडीहरू फेनरबाहका मेसुत ओजिल, इन्टर मिलानका अच्राफ हाकिमी, म्यान्चेस्ट सिटीका रियाद महरेज, फियोरेन्टिना फ्रान्क रिब्री र आर्सेनलका मोहम्मद एल्नेनीले पनि प्यालेस्टाइनको समर्थनमा सामाजिक मिडियामा एकजुटताको सन्देश सेयर गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij