Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

  • 366
    SHARES
  • धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

    जनकपुरधाम । धनुषा क्षेत्र नं.४ मा कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । उनले यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् ।

    महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।
    महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।

    यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij