Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता

नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता

  • 1.2K
    SHARES
  • नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ । अध्यक्ष डा.राउतले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

    पहिलो पटक राष्ट्रिय पार्टी बनेसँगै अध्यक्ष डा.राउत पछिल्लो समय विभिन्न दलका नेताहरूसँग भेटघाट गर्दै आएका छन् । सोही क्रममा उनले सोमबार पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईसँग भेट गरेका हुन् ।

    भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा.भट्टराईले जानकारी दिए । डा.भट्टराईले संवैधानिक समापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको राय लिन क्रममा सिंह दरबारमा भेट्दा औंला उठाउनेहरू अहिले गलत सावित भएको बताए ।

    डा.भट्टराईले भने,‘जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल । मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूकोसमेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुसी व्यक्त गरेका छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij