Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नवलपरासीमा धान उत्पादन ४५ प्रतिशतले बढ्यो

नवलपरासीमा धान उत्पादन ४५ प्रतिशतले बढ्यो

  • 338
    SHARES
  • नवलपरासीमा धान उत्पादन ४५ प्रतिशतले बढ्यो

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ ।

    कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९७३ मेट्रिक टन धानको उत्पादन बढेको हो ।

    यस वर्ष २० हजार ५०० हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ ।

    धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij