Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  • 336
    SHARES
  • हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    मोरङ । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।

    सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जंगलमा घाँस लिन गएको बेला हात्तीले आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्ध जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।

    बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ ।

    पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आतंक मच्चाउने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij