Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना [फोटोफिचर]

सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना [फोटोफिचर]

  • 515
    SHARES
  • सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना [फोटोफिचर]

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद सचिवालयले पत्र दिएपछि अहिले सर्वोच्च अदालतको गेटमा कानून व्यवसायी धर्नामा बसेका छन् ।

    नेपाल बार एसोसिएसनकै नेतृत्वमा कानून व्यवसायी सर्वोच्च अदालतमा धर्नामा बसेका हुन् ।

    कानून व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

    उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वोच्च अदाललत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वोच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका हुन् ।

    एकाएक बुधबार दिउँसोबाट सर्वोच्च अदालत परिसरमा भिडभाड बढेको छ । १० महिनापछि जबरा सर्वोच्च आउन लागेका र उनलाई रोक्न कानून व्यवसायी धर्नामा बसेका छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

    sarbacho (4).jpg

    sarbacho (7).jpg

    sarbacho (5).jpg

    sarbacho (8).jpg

    sarbacho (2).jpg

    sarbacho (1).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij