Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

‘ताउ ते’ को प्रभाव कायमै, आज पनि चट्याङ्सहित वर्षाको सम्भावना

‘ताउ ते’ को प्रभाव कायमै, आज पनि चट्याङ्सहित वर्षाको सम्भावना

  • 591
    SHARES
  • ‘ताउ ते’ को प्रभाव कायमै, आज पनि चट्याङ्सहित वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गए पनि मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

    देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

    सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

    महाशाखाले  सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij