वेबटिभी खबर
भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको भएको छ ।
काठमाडौंको मुलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ का सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरका अनुसार दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएका सन्तबहादुरको मृत्य भएको हो ।
उपचारका लागि सन्तबहादुरलाई मध्यपुर अस्पताल लगिएको थियो । त्यहाँबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाए ।
स्कुटर र उनी हाल मध्यपुरको प्रहरी बृत ठिमीको नियन्त्रणमा रहेको उनले जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij