Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गण्डकी मेडिकल अस्पतालमा हृदयरोग उपचार केन्द्र सञ्चालन

गण्डकी मेडिकल अस्पतालमा हृदयरोग उपचार केन्द्र सञ्चालन

  • 279
    SHARES
  • गण्डकी मेडिकल अस्पतालमा हृदयरोग उपचार केन्द्र सञ्चालन

    कास्की । गण्डकी मेडिकल कलेज टिचिंग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

    उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष (सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए ।

    दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाका क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताए ।

    कलेजका प्राचार्य प्रा.डा.रविन्द्र श्रेष्ठले ३०० शय्याबाट विभिन्न रोगको विशेषज्ञ सेवा सहित उपचार गर्दै आइएकामा सुधार गर्दै हाल ५५० शय्यामा पुर्‍याइएको जानकारी दिए ।

    उक्त अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीले बहिरंगबाट सेवा लिइरहेको र अन्तरंग विभागमा २५० देखि ३५० विरामीको उपचार हुँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij