Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रधानमन्त्रीमा कांग्रेसले दाबी गर्नु स्वभाविक : प्रकाशशरण महत

प्रधानमन्त्रीमा कांग्रेसले दाबी गर्नु स्वभाविक : प्रकाशशरण महत

  • 336
    SHARES
  • प्रधानमन्त्रीमा कांग्रेसले दाबी गर्नु स्वभाविक : प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

    उनलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रूपमा लिनु पर्ने बताए ।

    उनले भने, ‘तर सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’ उनले अब केही दिनमा कांग्रेस  संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए ।

    यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको शन्देश दिन यो जरुरी पनि रहेको उनको भनाइ छ ।

    कांग्रसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij