Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भक्तपुरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

  • 461
    SHARES
  • भक्तपुरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

    भक्तपुर  । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका छन् ।

    कार्यक्रममा बिजुक्छेँले खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताए ।

    स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरू खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

    आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरू तयार गर्ने भक्तपुर नगरको उद्देश्य रहेकोले प्रतियोगिताको आयोजना गरेको बताए ।

    भक्तपुर नगर खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन/जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल लगायत १३ वटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी दिए ।

    कार्यक्रममा भक्तपुर जिल्ला कबड्डी संघका अध्यक्ष विनोद प्रजापति, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापालगायतले खेलकुदको महत्वबारे आ-आफ्नो धारणा राखेका थिए ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नगरका कर्मचारीलगायतको उपस्थितिमा र्‍याली निकालिएको थियो ।

    दत्तात्रयबाट सुरु भएको र्‍याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।

    उद्घाटन कार्यक्रममा निर्णायकका तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रूकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रितिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गरेका थिए भने सोही समारोहमा खेलाडीहरूले कौसल प्रस्तुत गरेका थिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij