Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्  

प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्  

  • 2.1K
    SHARES
  • प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्  

    काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र,उक्त सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्ष नेता राष्ट्रपति कार्यालय पुगेका छन् ।

    एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

    १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरू ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् ।

    त्यसपछि डा.भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।

    ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक बधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्,’ अध्यक्ष डा.भट्टराईले ट्वीटरमा लेखेका छन् । 

    brbaa.JPG
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij