Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आगोले जलेर वृद्धको मृत्यु, युवा घाइते

आगोले जलेर वृद्धको मृत्यु, युवा घाइते

  • 403
    SHARES
  • आगोले जलेर वृद्धको मृत्यु, युवा घाइते

    सप्तरी । सप्तरी जिल्लामा मंगलबार राति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।

    घरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका-४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

    हजुरबुबालाई जोगाउन गएका राउतका २५ वर्षीय नाति धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् ।

    यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij