वेबटिभी खबर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिट तयार भएको छ ।
रिटमा विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदको हस्ताक्षर गरिएको छ ।
यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १ सय ४९ जनाको नाम शुक्रबार राष्ट्रपतिसमक्ष पठाइएकोमा सोमबार एमालेका ३ सांसद घटेका हुन् ।
रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि एमालेको संख्या २३ पुगेको हो ।
रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदले हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij