वेबटिभी खबर
काठमाडाैं । संघीय संसद्का सांसदका लागि विद्युतीय हाजिरीको नियम लागू हुने भएकाे छ । राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण थालिएकाे र प्रतिनिधिसभामा सभामुख चुनिएपछि विद्युतीय हाजिरीकाे व्यवस्थापन गरिने संसद् सचिवालयले जनाएको छ ।
सांसदले यसअघि हाजिरीपुस्तिकामा हाजिर गर्दै आएका थिए । हाल सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको फिंगर प्रिन्ट लिँदै विद्युतीय हाजिरी परीक्षण गरिरहेको छ ।
पुस २५ गते बस्ने राष्ट्रिय सभाकाे पहिलो बैठकबाट विद्युतीय हाजिरी प्रयोगमा आउने भएकाे छ।
प्रतिनिधिसभा र त्यसका समितिका कोरम नपुग्ने, बैठक नै पटक–पटक स्थगित हुने अवस्था भएकाले विद्युतीय हाजिरीले सांसदलाई उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
नयाँ पत्रिका दैनिकबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij