Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चीनमा कुल जनसंख्याको ४० प्रतिशत काेराेना संक्रमित

चीनमा कुल जनसंख्याको ४० प्रतिशत काेराेना संक्रमित

  • 289
    SHARES
  • चीनमा कुल जनसंख्याको ४० प्रतिशत काेराेना संक्रमित

    एजेन्सी । देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड-१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

    चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले जनाएको छ ।

    चिनियाँ महामारी विशेषज्ञ र चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड प्रतिक्रिया विशेषज्ञ टोलीका पूर्व प्रमुख लियांग वान्नियनका अनुसार हालको महामारीको मृत्यु दर गणना गर्न धेरै गाह्रो छ ।

    चिनियाँ महामारी विशेषज्ञले यो महामारी समाप्त भएपछि मात्र सही तथ्यांक उपलब्ध हुने बताएका छन् ।

    चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चीनमा भाइरस प्रसारण आशा गरिभन्दा तीब्र ढंगले विस्तार भएको झेङ गुवाङले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij