Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

  • 595
    SHARES
  • दोदा नदीमा तटबन्ध निर्माण हुँदै

    कञ्चनपुर । लालझाडी गाउँपालिका-३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्ष्य नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ।

    जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ ।

    प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताए ।

    सूचना अधिकारी शाहका अनुसार तटबन्ध निर्माणकार्य तीन खण्डमा हुनेछ । ‘चालु आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ’, शाहले भने, ‘निर्धारित समयभित्रै तटबन्ध निर्माण पूरा हुन्छ ।’

    गाउँपालिकाको वडा नं-३ का वडाध्यक्ष टीकाराम चौधरीले नदीमा तटबन्ध निर्माण हुँदा बर्सेनि जग्गा कटानी भइ केही परिवार विस्थापनमा परेको र केही परिवार विस्थापनको संघारमा रहेको जानकारी दिए ।

    ‘तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज, कस्वालगायतका चार सय परिवार नदीको जोखिमबाट जोगिन्छन्’, वडाध्यक्ष चौधरीले भने, ‘धेरै अघिदेखि तटबन्धको माग गर्दै आएका हौँ, तटबन्ध निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुसी छन् ।’

    तटबन्ध निर्माणले थोरै क्षेत्रका बासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने भएको उल्लेख गर्दै उनले गुरुयोजना बनाइ गाँउपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij