Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जसले चुनाव हारेर पनि जनताको सेवा जारी राखे 

जसले चुनाव हारेर पनि जनताको सेवा जारी राखे 

  • 808
    SHARES
  • जसले चुनाव हारेर पनि जनताको सेवा जारी राखे 

    सर्लाही । प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएपछि जित्नेहरू बीच अहिले सरकार बनाउने र मन्त्री हुने होड छ तर गएको मंसिर ४ गते भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी भएर पराजित एकजना उम्मेदवार भने आफ्नो क्षेत्रमा जाडोले कठ्यांग्रीएका जनताको दुःखमा साथ दिन कम्बल लिएर गाउँ पुगेका छन् । 

    चुनाव सकिएर नयाँ सरकार गठन भए पनि मन्त्रीमण्डलले पूर्णता पाएको छैन । चुनाव जित्नेहरू अहिले मन्त्री हुने दौडमा काठमाडौं केन्द्रित छन् । जाडोको मौसम भए पनि अहिले राजनीतिक माहोल तातेको छ तर बढ्दै गएको चिसोले चुनाव जिताउन भोट हालेका विपन्न मतदाताको बिजोगबाट जनप्रतिनिधि वेखबर छन् । चुनाव जितेकाहरू आफू मन्त्री बन्न दौडधुपमा जुटेको यो बेलामा हारेका उम्मेदवार भने आफ्नो क्षेत्रका जनतालाई परेको समस्या समाधान गर्न व्यस्त छन् । 

    अहिलेको जमानामा चुनाव हारेर पनि जनताको दुःखमा साथ दिन पुग्ने विरलै भेटिन्छन् । यस्तै विरलै मध्येका हुन् नरेन्द्र साह । संविधानसभा सदस्य भइसकेका साह भर्खरै भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट गठबन्धनको साझा उम्मेदवारको रूपमा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । उनी झिनो मतले पराजित भए पनि जनताको सेवालाई भने निरन्तरता दिइरहेका छन् । 

    सर्लाहीको बाग्मती नगरपालिका–४ चेपाङ बस्तीका विपन्न परिवारलाई साहले ३० थान कम्बल वितरण गरेका हुन् । बाग्मती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानको हातबाट चिसो पीडित विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।

    Kambal-bitaran.jpg

    साहले चुनावमा जनताले निकटतम प्रतिस्पर्धी बनाएर गरेको विश्वासलाई चुनाव नजित्दैमा तोड्न नसक्ने बताए । ‘चुनाव नजिते पनि मतदाताले मलाई देखाएको विश्वास महत्त्वपूर्ण हो,’ उनले भने, ‘मैले चुनाव नजिते पनि जनताको पक्षमा सकेको सहयोगलाई निरन्तर जारी राख्छु । राजनीतिमा मेरो आगमन नै सेवाका लागि हो । त्यसैले मेरो पहिलो प्राथमिकता भनेकै जनताको सेवा रहन्छ ।’

    Kambal.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij