Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अस्पतालमा बेड खाली छ ? 

अस्पतालमा बेड खाली छ ? 

  • 1.2K
    SHARES
  • अस्पतालमा बेड खाली छ ? 

    काठमाडौं । बाँकेमा कोरोना संक्रमितको उपचारका लागि एक कल फोन गरेर कुन अस्पतालमा बेड खाली छ थाहा पाउन सकिने भएको छ । समन्वयकर्ता नरेश श्रेष्ठलाई एक कल फोन गरेपछि उनले कुन अस्पतालमा बेड खाली छ भनिदिने छन् ।  

    बिरामीको उपचारका लागि यस्तो सेवा उपलब्ध भएपछि अस्पतालको खोजीमा धेरै समय खर्च गर्नु नपर्ने श्रेष्ठ बताउँछन् । बाँकेबाट सरुवा भएर बर्दियाको कोभिड फोकलपर्सन रहेका श्रेष्ठलाई तीन महिनाका लागि फेरि बाँकेमा ल्याएर अस्पतालमा बेड र बिरामीको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएपछि उनले बिरामीको सुविधाका लागि यस्तो तरिका अपनाएका हुन् । 

    उनलाई जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले निर्णय गरेर उक्त जिम्मेवारी दिएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर बनेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, वेष्टर्न अस्पताल, युनाइटेड अस्पतालमा कोभिडका विरामीको उपचार हुँदै आएको छ ।

    श्रेष्ठले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार, भेरीमा २७, कोहलपुर मेडिकल कलेजमा २७, वेष्टर्न अस्पतालमा १३, युनाइटेड अस्पतालमा ५ बेड खाली रहेका छन् । यी अस्पतालहरुमा ३ सय ६१ बेड रहेकोमा २ सय ८९ जना विरामीको उपचार भइरहेको छ ।

    ‘अस्पतालमाभित्र बेड हुने तर बाहिरबाट नै बेड छैन भनेर फर्किने गरेको पाइयो’, श्रेष्ठले भने, ‘त्यही भएर हामीले दैनिक नै कुन अस्पतालमा कति बेड खाली छ भनेर सार्वजनिक गर्न थालेका छौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij