Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रदेश नं १ का तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश नं १ का तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

  • 422
    SHARES
  • प्रदेश नं १ का तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    मोरङ । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले आज तीन मन्त्रीलाई शपथ गराएका छन् ।

    प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तारका लागि सिफारिश भएअनुसार शपथ गरिएको हो ।

    शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij