Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इसीडी शिक्षक : कलह नगर, मिलेर जाऊ

इसीडी शिक्षक : कलह नगर, मिलेर जाऊ

  • 2.3K
    SHARES
  • इसीडी शिक्षक : कलह नगर, मिलेर जाऊ

    काठमाडौं । माग र मुद्दा कसले पूरा गराउन सक्ने भन्दै नेपाल बालविकास शिक्षकहरूमा तीव्र प्रतिस्पर्धा छ ।

    images

    प्रारम्भिक बालविकास शिक्षकहरू दुई कित्तामा बाँडिएका छन् । एउटा कित्ता रेखा रानाभाट र अर्को कित्ता बालविकास केन्द्रीय समिति ।

    कृष्णकुमारी थापामा मगर अध्यक्ष रहेको नेपाल बालविकास शिक्षक केन्द्रीय समिति आधिकारीक संस्था हो । यसले गरेका निर्णय र कामहरू आधिकारिक हुन्छन् भन्ने आम इसीडी शिक्षकहरूको बुझाइ छ ।

    नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले गरेका कामहरूप्रति फरक मत राख्दै बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाट छुट्टै भेलाको आयोजना गर्दै अगाडि बढिरहेकी छिन् ।

    रानाभाटले भोलि (पुस ३०) चितवनमा ‘नेपाल बालविकास शिक्षक पहिलो राष्ट्रिय भेला’ को आयोजना गरेकी छिन् । रानाभाटको यो कार्यक्रमलाई लक्षित गर्दै बालविकास शिक्षक केन्द्रीय समितिले एक पत्र मार्फत् पुस ३० गते कुनै पनि कार्यक्रम आयोजना नगरिएको बताएको छ ।

    तर चितवनमा भोलि हुने भेलामा रेखा रानाभाटले प्रायः सबै इसीडी शिक्षकहरूलाई आमन्त्रण गरेकी छिन् । बहुसंख्यक शिक्षकहरू भेलामा उपस्थित हुने बताउँछन् । अधिकांश इसीडी शिक्षकहरूको एउटैस्वर छ, ‘हाम्रा माग जसले पूरा गराउँछन् हामी उसैलाई साथ दिन्छौं ।’

    पछिल्लो समय रानाभाटले सक्रिय भएर माग पूरा गराउन लागेको पनि इसीडी शिक्षकहरूकै बुझाइ छ । कतिपय इसीडी शिक्षकहरूले त रेखालाई भावी केन्द्रीय समिति अध्यक्षको रूपमासमेत हेरेका छन् ।

    यता अध्यक्ष कृष्णकुमारी थापा मगर, महासचिव निर्मला गिरीलगायत भने आफूहरू माग पूरा गराउन हमेसा लागेको र प्रतिफल पनि प्राप्त हुँदै आएको दाबी गर्ने गर्छन् । प्रावि तह सरह तलबसहित सेवासुविधा,गोल्डेनह्याण्डसेक, दरबन्दीलगायतका मागका विषयमा नेपाल शिक्षक महासंघसँग संवाद गरी अघि बढेको उनीहरूको भनाइ छ ।

    बालविकास शिक्षकको वर्तमान अवस्थिति हेर्दा एकले अर्कालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । जसले माग पूरा गराउन सक्छ उसैलाई साथ र समर्थन दिनु बेठिक पक्कै होइन ।

    बालविकासका पुराना तथा नयाँ नेतृत्वले गरेका राम्रा कामहरूको उच्च मूल्यांकन पनि गर्नुपर्छ । नेतृत्वले केही गरेकै छैन भन्नुहुन्न । विगत हेर्दा झन् स्पष्ट हाेला ।

    नेतृत्वले सबैलाई विश्वासमा लिएर काम गर्नुपर्छ । समितिले गरेका निर्णयहरू सबैलाई बुझाउनुपर्छ । एकअर्कालाई निषेध गर्न खोजियो भने माग र मुद्दा ओझेलमा पर्छ सक्छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology