वेबटिभी खबर
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४५ र फापरको प्रतिकेजी ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवर्द्धनमा लागेकाले किसानहरूले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ ।
गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रूपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए ।
उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ । गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनामा काम भइरहेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij