वेबटिभी खबर
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपानीयताको शपथ ग्रहण गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका मन्त्रिहरूले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् ।
राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् भने शहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले शपथ लिएका छन् ।
यसैगरी राप्रपाबाटै दीपक सिंहले उर्जा राज्यमन्त्रीकाे शपथ लिएका छन् ।
माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् भने सुदन किँराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छिन् ।
नेकपा एमालेबाट दामोदर भण्डारी उद्योग, डा. बिमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij