Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ ग्रहण

पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ ग्रहण

  • 479
    SHARES
  • पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ ग्रहण

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनलाई प्रधानमन्त्री दाहालले शपथ गराएका हुन् । मंगलबार राज्यमन्त्री नियुक्त भएकी ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सकेकी थिइनन् ।

    सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij