Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टोकियो ओलम्पिकका प्रतिनिधिलाई अर्को हप्तादेखि खोप लगाइने

टोकियो ओलम्पिकका प्रतिनिधिलाई अर्को हप्तादेखि खोप लगाइने

  • 586
    SHARES
  • टोकियो ओलम्पिकका प्रतिनिधिलाई अर्को हप्तादेखि खोप लगाइने

    काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्को हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी  दिएको छ ।

    जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरूलाई आगामी जुन १ तारिखबाट खोप लगाउन सुरु गरिने भएको जानकारी दिएको छ ।

    समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरूलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरू र प्रशिक्षकहरू हुने बताइएको छ ।

    उनीहरूलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरूलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

    जापान सरकारले  नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म खोलम्पिक खेलको आयोजना गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij