वेबटिभी खबर
काठमाडौं । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धुशेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।
उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन् ।
श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।
पुष्पा बंगबन्धुशेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।
पुष्पाले १३औँ सागमा रजत पदक जितेर पदक जित्ने कीर्तिमानीसमेत बनाएकी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij