Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

फ्रान्सेली प्रदर्शनमा, सार्वजनिक सेवा ठप्प

फ्रान्सेली प्रदर्शनमा, सार्वजनिक सेवा ठप्प

  • 534
    SHARES
  • फ्रान्सेली प्रदर्शनमा, सार्वजनिक सेवा ठप्प

    पेरिस । निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे ।

    देशव्यापी हड्तालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भएका छन् । गृह मन्त्रालयले १२ लाख जनता सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोधमा खडा भएका बताए पनि कट्टर वामपन्थी युनियन सिजिटीले देशभर २० लाखभन्दा बढी सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका दाबी गरेको छ । 

    पेरिसमा मात्र चार लाख प्रदर्शनकारी राष्ट्रपति म्याक्रोँको योजनाको विपक्षमा सडक आन्दोलनमा आएका बताएको छ । पेरिसको बास्टिल क्षेत्र वरपर केही प्रदर्शनकारीले प्रहरीमाथि बोतल, खानेकुरा ‘प्याक’ गर्ने टिनका डिब्बाले प्रहार गरेका थिएभने प्रहरीले पनि ग्रिनेड र अश्रु ग्यास हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । बिहीबार प्रदर्शनकारीले रेल सेवा ठप्प पार्नका साथै विद्युत् आपूर्तिमा  पनि  अवरोध खडा गरेका थिए ।

    युवा प्रदर्शनकारीको एक समूहले पूर्वी पेरिसको विशाल नेसन प्लाजामा सुरक्षा बलका जवानमाथि आक्रमण गरेका थिए भने धेरै साइकलमा आगो लगाउनका साथै बस स्टपमा तोडफोड गरेका थिए । हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ । लियोनबाट पनि १७ जनालाई पनि गिरफ्तार गरिएको थियो ।

    कर्मचारी संघसंगठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन संघर्षबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ ।

  • सम्बन्धित विषय:

  • # फ्रान्स

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij