Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

विर्तामोडमा अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक बन्दै

विर्तामोडमा अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक बन्दै

  • 309
    SHARES
  • विर्तामोडमा अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक बन्दै

    झापा । विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ ।

    विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा ६.२ सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।

    दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मंसिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँचवटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने छ ।

    सात मिटर चौडाइ हुने सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी एक सय ६८ वटा इलेक्ट्रिक पोल लगाइनेछ । जसमा सडकको दुवैतर्फ झिलीमिली बनाउन छ सय १९ वटा स्टिल लाइट राखिने उनको भनाइ छ ।

    इञ्जीनियर श्रेष्ठले उक्त सडकमा एक सय ३८ वटा ट्राफिक साइनपोस्ट, छवटा स्टेण्डर मार्करस्टोन, रोडवे डेलिनेटर एक सयवटा बनाइने जानकारी दिए । सडक निर्माणसँगै दायाँबायाँ गरी विभिन्न फूल प्रजातिका एक हजार दुई सय ३६ वटा बिरुवा रोपण गरिनेछ ।

    यसअघि संघीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका सडकभन्दा आधुनिक व्यवस्थित हुने नगरप्रमुख पवित्रा महतराले बताइन् । जुन सडक जिल्लाकै नमूना सडकका रूपमा स्थापित हुने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij