Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग

  • 612
    SHARES
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।

    उनले ठूलो जोखिम लिएर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरिएकोमा निन्दा गर्दै घटनाको छानबिन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । 

    ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाहीगर्न माग गर्दछु’, देउवाले भनेका छन् ।

    बिहीबार राति दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल, नेपालगञ्जमा आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij