Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विपन्न चार परिवारलाई पक्की घर हस्तान्तरण

विपन्न चार परिवारलाई पक्की घर हस्तान्तरण

  • 277
    SHARES
  • विपन्न चार परिवारलाई पक्की घर हस्तान्तरण

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेका अति विपन्न चार परिवारका लागि निर्माण गरिएका पक्की घर हस्तान्तरण गरिएको छ ।

    प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजना अन्तर्गत नगरपालिकाका वडा नं-६, ७, ९ र १७ का अति विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य बेची लुंगेली जानकारी दिए ।

    उनका अनुसार वडा नं-६ का वीरबहादुर क्याप्छाकी मगर, वडा नं-७ का बिशे राई, वडा नं-९ का शम्भु बलम्पाकी मगर र वडा नं-१७ का लक्ष्मी थापाको परिवारलाई पक्की घर हस्तान्तरण गरिएको हो ।

    चार परिवारका लागि दुई कोठाको पक्की घर, किचन, शौचालय निर्माण गरिएको तथा प्रत्येक घरमा चापाकल पनि निर्माण गरिने लुंगेलीले बताए । प्रतिपरिवार पाँच लाख ५० हजार लागतमा घर निर्माण गरिएको हो ।

    आर्थिक अवस्था दयनीय रहेको तथा घाम, पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहका आफूहरूले पक्की घर पाएपछि खुसी लागेको लालबन्दी नगरपालिका-६ का वीरबहादुरको भनाइ छ ।

    पानी चुहिने झुप्रो घरमा बस्दै आएकोमा लंगेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको लालबन्दी नगरपालिका-७ राईले बताए ।

    महेन्द्र नारायणनिधि आवास योजना अन्तर्गत दोस्रो चरणमा लालबन्दी नगरपालिका ५, ६ र १० मा थप तीन परिवारका लागि घर निर्माण गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य लुंगेलीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij