वेबटिभी खबर
पेरिस । फ्रान्समा शुक्रबार एक अज्ञात आक्रमणकारीले एक प्रहरी चौकीमा पुगेर त्यहाँ रहेका तीन अधिकारीमाथि चक्कु र अन्य दुई प्रहरी अधिकारीलाई गोली प्रहार गरेका छन् । अधिकारीका अनुसार आक्रमणकारी पक्राउ परेका छन् ।
फ्रान्सको राष्ट्रिय प्रहरी सेवाका अनुसार अधिकारीहरुले आक्रमणकारी पक्राउ पर्ने क्रममा घाइते भएका छन् । आक्रमणको गर्नुको कारण भने पत्ता लागेको छैन । घाइते भएका प्रहरी अधिकारीहरु खतरामुक्त रहेको बताइएको छ ।
प्रहरी सेवाका अनुसार आक्रमणकारीले आफ्नो बन्दुक लिएर ला चापे सुर एर्द्रेको नेटेस उपनगरमा रहेको प्रहरी चौकीमा रहेका महिला अधिकारीलाई चक्कु प्रहार गरेपछि भागेका थिए ।
फ्रान्स प्रहरीले संदिग्धलाई पक्राउ गर्न हेलिकप्टर, कुकुर र २०० बढी प्रहरी परिचालन गरेको थियो । पछि प्रहरीले पक्राउ गर्न लाग्दा अधिकारीमाथि उनले गोली चलाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij