Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कर्णाली प्रदेशसभाको पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण

कर्णाली प्रदेशसभाको पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण

  • 299
    SHARES
  • कर्णाली प्रदेशसभाको पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण

    सुर्खेत । कर्णाली प्रदेशसभाको पाँचौं स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले २१७  पटक वैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिएका छन् ।

    त्यस्तै ६ वटा विद्येयक विषयगत समितिमा छलफलका लागि पठाएको छ । ३ वटा विद्येयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुइवटा प्रक्रियामा रहेका छन् । 

    कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा  विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ।

    अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ। ४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन्। जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व  छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij