Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल

राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल

  • 271
    SHARES
  • राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल

    काठमाडौं । राष्ट्रिय सुरक्षा, सीमा सुरक्षालगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमबार आयोजित छलफलमा गृह, रक्षा, परराष्ट्र मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता थियो ।

    प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय सरोकारका विषयमा छलफल भएको हो ।

    छलफलमा पूर्वप्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण गरिएको तिमिल्सिनाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij