Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भिडियो एक्स-रेबाट पशुको बाँझोपन र गर्भ परीक्षण 

भिडियो एक्स-रेबाट पशुको बाँझोपन र गर्भ परीक्षण 

  • 345
    SHARES
  • भिडियो एक्स-रेबाट पशुको बाँझोपन र गर्भ परीक्षण 

    गुल्मी । गुल्मीमा भिडियो एक्स-रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो । कार्यालयका प्राविधिकले किसानको गोठमै पुगेर सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् ।

    बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समयसम्म किसानले गोठमा त्यत्तिकै थारो पशुचौपाया पाल्नुपर्ने बाध्यता थियो । कार्यालयले एक्स-रे ल्याएसँगै इस्मा गाउँपालिका-६ का कृषक कृष्ण घिमिरेले केन्द्रले नयाँ सेवा प्रवाहसँगै उपचारमा नयाँ प्रविधि भित्रिएकामा खुसी व्यक्त गरे ।

    घिमिरेले आफूले पनि त्यसै प्रविधिमार्फत आफ्ना गाईको बाँझोपनाको समस्या पहिचान गर्न सजिलो भएको बताए । उनले अन्य किसानहरूलाई पनि नयाँ प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन् ।

    विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले लुम्बिनी प्रदेशमै यो उदाहरणीय काम भएको जानकारी दिए । प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्स-रे मेसिन उपलब्ध गराएको हो ।

    बाँझोपनका कारण किसानहरूले त्यसको उपचारमा विकल्प नहुँदा पशुहरूको गर्भ पहिचान गर्न अहिलेसम्म हातैले छामेर गर्नुपर्ने बाध्यता थियो । कार्यालयमा एक्स-रे मेसिन आएसँगै बाँझोपन निवारणका लागि पालिकाका प्राविधिकमार्फत तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।

    जिल्लामा गत सातादेखि भिडियो एक्स-रे सेवा सुरु भएको हो । कार्यालयले यो सेवा जिल्लाका सबै पालिकाहरुमा पुर्‍याउने जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij