Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नवलपरासीबाट सात महिनामा दश हजारले लिए राहदानी

नवलपरासीबाट सात महिनामा दश हजारले लिए राहदानी

  • 268
    SHARES
  • नवलपरासीबाट सात महिनामा दश हजारले लिए राहदानी

    नवलपरासी । नवलपरासीपश्चिमबाट चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनाको अवधिमा दश हजार जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् ।

    रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्यांक सार्वजनिक गरेको छ ।

    वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ ।

    विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपछि कुण्ठित भएर बस्नुपर्ने अवस्था रहेकामा अहिले मानिसको सोच परिवर्तन भएसँगै महिलालाई समाजमा बस्न, घुलमिल हुन केही सहज भएको परियोजनाले निष्कर्ष निकालेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij