वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस नेताहरूले उक्त माग गरेका हुन् ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
उनले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरेका थिए ।
उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताएका छन् ।
यस्तै कांग्रेसका अर्का सांसद शंकर भण्डारीले बसपार्क क्षेत्रको घटना सुनियोजित र प्रायोजित भएको उल्लेख गर्दै उक्त घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij