Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

घरमै उपचार पाउँदा ज्येष्ठ नागरिक खुसी 

घरमै उपचार पाउँदा ज्येष्ठ नागरिक खुसी 

  • 535
    SHARES
  • घरमै उपचार पाउँदा ज्येष्ठ नागरिक खुसी 

    बाग्लुङ । गलकोट नगरपालिकाले गाउँ-गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधी दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

    गलकोट नगरपालिका-१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएको बताइन् ।

    नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधी उपलब्ध गराउन थालेको छ ।

    पावतीले भनिन्, ‘सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधी दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन ।’

    पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उाले अहिले घरमै उपचार पाएर औषधी खान थालिएको जानकारी दिइन् । गलकोट-२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराइन् ।

    उनलाई स्वास्थ्यकर्मीले औषधीसमेत उपलब्ध गराए । ‘घरमै स्वास्थ्य जाँच र औषधी पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ’, मनकुमारीले भनिन् । ‘केही दिनदेखि सञ्चो भएको थिएन, अस्पताल जाने निधो गरेको थिएँ, त्यही बेला घरमै चिकित्सकहरूले जाँच गरेर औषधी दिए, अस्पताल जानै परेन ।’

    गलकोट नगरपालिका-२ का अध्यक्ष तथा प्रवक्ता हिमबहादुर भण्डारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताए । उनले ज्येष्ठ नागरिकको  स्वास्थ्यमा समस्या आउदा अस्पताल पुर्‍याउन समस्या हुने भएकाले पालिकाले घरमै पुगेर परीक्षण गर्नाका साथै सामान्य औषधीसमेत उपल्ब्ध गराउन थालेको जानकारी दिए ।

    ‘यस वर्षदेखि हामीले नयाँ कार्यक्रम सुरु गरेका छौँ, खासगरी ज्येष्ठ नागरिकका लागि । समय-समयमा स्वास्थ्यकर्मीसहितको टोली गाउँमा जाने, ज्येष्ठ नागरिकलाई भेट्ने, उहाँहरूको समस्या बुझ्ने र जाँच गर्ने’, प्रवक्ता भण्डारीले भने ।

    उनका अनुसार सामान्य औषधी नगरपालिकाले उपलब्ध गराउँछ भने थप उपचार आवश्यक भएमा सोही अनुसार सुझाव दिएर बाहिर पठाउने गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij