Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आगोमा जलेर महिलाको मृत्यु

आगोमा जलेर महिलाको मृत्यु

  • 274
    SHARES
  • आगोमा जलेर महिलाको मृत्यु

    गुल्मी । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।

    गुल्मीको इस्मा गाउँपालिका-१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

    आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्रीले बताए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा-१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरको भनाइ छ ।

    पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij